कार्यदलबाट भीम रावलको लिखित राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७८, १४ कार्तिक

काठमाडौं, १४ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् । सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएका हुन् ।

पार्टीका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेता रावलले भने, ‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को कार्यदलका सुझाव र सहमतिसहित पालना गराउनेतर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिनेगरी सार्वजनिकरुपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नदेखिदा स्थायी कमिटीको बैठकमा गरेको घोषणाअनुरुप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेश गरेको छु ।’

एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्न १० बुँदे सहमति भएको थियो । सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन गरेको थियो । साथै अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारीसमेत गरेका थिए ।

प्रतिक्रिया