दर्शक-श्रोताले रुचाउँदै तायाहाङमा ‘हिमाली शिरमा’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १४ कार्तिक

काठमाडौं, १४ कात्तिक । गायिका तायाहाङमा राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली गायनका क्षेत्रमा डेढ दशकयता निरन्तर सक्रिय तायाहाङमाले हालै ‘हिमाली शिरमा’ बोलको गीत ल्याएकी हुन् ।

गीतकार टीका चाम्लिङको शब्द रचना र विकास चौधरीको संगीत रहेको उक्त गीतको भिडियोलाई सुन्दर नगरी पोखरा र धम्पुस क्षेत्रका छायाँकन गरिएको छ ।
भिडियोमा अभिनेत्री समेत रहेकी मिरूना मगरले अभिनय गरेकी छन् । गीतकार चन्द्र लामा ‘अनुराग’ले निर्माण गरेको यस भिडियोलाई शिव ढकालले खिचेका छन् ।
सुमित गुरूङको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने नृत्य निर्देशक कमल राईको निर्देशन निर्देशन गरेका हुन । भिडियो सार्वजनिक गरेपछि गायिका तायाहाङले भनिन्, ‘यस गीतमा आशावादी छु । श्रोता तथा दर्शकको राम्रो प्रतिक्रिया पनि पाइरहेकी छु ।

प्रतिक्रिया