‘मिस युनिभर्स नेपाल २०२१’को उपाधि सुजितालाई
अखबार टुडे
प्रकाशित:
२०७८, १४ कार्तिक

काठमाडौं, १४ कार्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छन् । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेका हुन् ।
विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएको छ । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहि¥याएको थियो ।
शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा विजेताले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए ।
कार्यक्रममा डा केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित भए ।

प्रतिक्रिया