‘थप नयाँ विमान खरिद गरेर निगमलाई नाफामूलक बनाउने योजना छ’
अखबार टुडे
प्रकाशित:
२०७८, १३ कार्तिक

काठमाडौं, १३ कात्तिक । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले थप नयाँ विमानहरु खरिद गरेर निगमलाई दीर्घकालीन र नाफामूलक योजनासहित मन्त्रालयमा जाने योजना बनाएको बताएका छन् ।

निगमले राखेको उनको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गर्ने तथा थप नयाँ विमानहरुको खरिद गर्ने योजना रहेको बताएका हुन् ।

विगत १२६ दिनदेखि भइरहेको कर्मचारी ट्रेड युनियनको संयुक्त संघर्ष समितिको ४ वटा बुँदागत माग सम्वन्धि उनले विदेशस्थित कर्मचारीको कटौती भएको तलव भत्ता कटौती नगर्ने बताउँदै अस्वाभाविक रुपमा बृद्धि गराइएको कार्यकारी प्रमुखको तलव आफूले नलिने घोषणा गरे ।

कार्यक्रममा उनले राष्ट्रिय ध्वजावाहकलाई अवतरणको क्रममा आकाशमै होल्ड गरिराख्ने र नीजि र विदेशी वायुयानलाई चाँडो पालो दिने परिपाटीको अन्त्यका निमित्त सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया