नेपाल बार परिसरमा दुई वकिलबीच हानाहान
अखबार टुडे
प्रकाशित:
२०७८, १२ कार्तिक

काठमाडौं, १२ कार्तिक । इजलास बहिष्कारको विषयमा विविाद हुँदा दुई जना वकिल ‘विराट न्यौपाने र भूमिनन्द चुडाल’बीच कुटाकुट भएको छ ।
शुक्रबार दिउँसो अधिवक्ता न्यौपानेले चुडाललाई नेपाल बार एशोसिएसन परिसरमा दुर्व्यवहार गरेका थिए ।
दुर्व्यवहारपछि चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताए भने न्यौपानेले चाहिं ‘सामान्य विवाद भएको’ भन्दै कुरा मिलिसकेको बताए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

प्रतिक्रिया