घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, १२ कार्तिक

काठमाडौं, १२ कार्तिक । विश्वमा नेपाल सन् २०२२मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट १० देशको सूचीमा आठौँ स्थानमा नेपाललाई पनि राखेको छ ।
घुम्नका लागि विश्वकै उत्कृष्ट देशको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । यस्तै दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौँमा स्लोभानिया, छैटौँमा एङ्गुइला, सातौँमा ओमान, आठौँमा नेपाल, नवौँमा मलावी र दशौँमा इजिप्ट विश्वको उत्कृष्ट गन्तव्यको सूचीमा छन् ।
नेपाल लोन्ली प्लानेटको सूचीमा पनि उत्कृष्ट १० भित्र परेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

लोन्ली प्लानेटले कुनै पनि देशको समसामयिक अवस्था, प्राकृतिक सुन्दरता तथा सांस्कृतिक विविधताको अध्ययन र विश्लेषण गरेर उत्कृष्ट देशको छनोट गरिने जनाएको छ ।

यस्तै, पर्यटन प्रवर्द्धनका लागि सम्बन्धित देशले गरेको स्थायी प्रतिबद्धताका आधारमा पनि घुम्नै पर्ने देशहरुको सूची तयार हुने लोन्ली प्लानेटका उपाध्यक्ष टम हलले बताए । प्राकृतिक मनोरम दृश्य झरना, पहाड, हिमाललगायत मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने पनि उनले बताए ।

प्रतिक्रिया