संसद अधिवेशन अन्त्य गर्न सिफारिस : नवौँ अधिवेशनको १३ वटा बैठक प्रभावहीन
अखबार टुडे
प्रकाशित:
२०७८, ११ कार्तिक

काठमाडौं, ११ कात्तिक । सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए ।

गत २३ भदौमा शुरु भएको गत भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले निरन्तर नाराबाजीका कारण संसद प्रभावहीन बनेको छ । यद्यपि, प्रतिस्थापन विधेयकमार्फत ओली सरकारले ल्याएको बजेट यही अधिवेशनमा संशोधन भएको थियो ।

मन्त्रिपरिषदको बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया