बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डे र तीन मन्त्रीले लिए शपथ
अखबार टुडे
प्रकाशित:
२०७८, ११ कार्तिक

हेटौंडा, ११ कार्तिक । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक छन् ।
बुधबार अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रका कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मालाई क्रमशः भौतिक पूर्वाधार, सामाजिक विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरूलाई पनि आज नै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।

प्रतिक्रिया