अलमुताइरी थप तीन बर्ष नेपाली फुटबलको मुख्य प्रशिक्षक रहने
अखबार टुडे
प्रकाशित:
२०७८, १० कार्तिक

काठमाडौं, १० कार्तिक । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीे थप तीन वर्ष नेपाल नै बस्ने भएका छन् ।

प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा लेखे अनुसार आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्ने र नेपाली फुटबललाई अर्को स्तरमा पु¥याउने मेरो बाचा रहेको बताए तर हामीलाई समय दिनु पर्ने बताए । यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए ।

फाइनलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए। यद्यपी उनी अहिले कतारमै रहेको एन्फा अध्यक्ष शेर्पाले बताए ।

प्रतिक्रिया