बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७८, १० कार्तिक

हेटौंडा, १० कात्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । बुधबार प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शाक्यले राजीनामाको घोषणा गरेकी हुन् ।
बैठकमा उनले आफ्नो छोटो समयमै केही उपलब्धिमूलक काम गर्न बताउँदै आफूलाई सहयोग गर्नेहरुलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनुअघि उनले राजीनामा दिएकी हुन् । उनले संविधानको धारा १६९ को उपधारा १ ९क० अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।
अल्पमतमा परेकी शाक्यले आफूले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएकी हुन् ।

प्रतिक्रिया