आईसीसी टी ट्वान्टी विश्वकप: पाकिस्तानको जितमा खुसीयाली मनाउने भारतीय शिक्षिका निष्कासित
अखबार टुडे
प्रकाशित:
२०७८, १० कार्तिक

काठमाडौं, १० कार्तिक । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आइतबार भारत पाकिस्तानसँग पराजय हुन् पुग्यो । पाकिस्तानले टी–२० विश्वकपमा केवल आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई हराएन मात्र, सानदार जित निकाल्यो। पाकिस्तानसँग भारत १० विकेटले पराजित भयो ।

यसैबीच, भारतबिरुद्ध पाकिस्तानको जितमा खुसी मनाउने भारतकी एक शिक्षिकाले जागिर नै गुमाएकी छन् । राजस्थानको उदयपुरमा रहेको एक निजी विद्यालयमा पढाउने शिक्षिकालाई विद्यालयले निष्कासन गरेको हो । उनले ह्वाटस्एपमा पाकिस्तानी खेलाडीको तस्बिर राख्दै ‘जित गए’, ‘वी वन’ लेखेकी थिइन् ।

उनले लेखेको यो स्टाटस एक विद्यार्थीका अभिभावकले देखे । स्टाटस देखेपछि उनले शिक्षिकालाई तपाई पाकिस्तानको सपोर्टमा हो भनेर सोधेका थिए ?,जवाफमा शिक्षिकाले ‘हो’, भनेकी थिइन् ।

त्यसपछि विवाद बढ्न सुरु भएको थियो । उनीहरु दुई बीचको च्याट स्क्रिन सट गरेर स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराएपछि यो विषय भाइरल भयो । त्यसपछि विद्यालयले उनलाई निष्कासन गरेको सूचना निकालेको बीबीसी हिन्दीले लेखेको छ ।

विद्यालयबाट निष्कासित भएपछि शिक्षिकाले यो विषय यति उग्र होला भन्ने नसोचेको बताएकी छिन् । उनले रमाइलो र हँसीमजाकमा पाकिस्तानको सपोर्ट गरेको प्रतिक्रिया दिएकी छिन् । आफू भारतमा बस्ने र भारतीय नागरिक भएका कारण भारतकै ‘सपोर्टर’ भएको उनको प्रतिक्रिया छ ।

दुई देशका समर्थकहरूले खेललाई एउटा लडाइको रूपमा लिने गर्नाले पनि यी देशबीचको खेलमा चासो हुने गरेको छ । यसअघि भारतले यी दुई देशबीचको हरेक विश्वकप खेल जितेको थियो ।

प्रतिक्रिया