विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य
अखबार टुडे
प्रकाशित:
२०७८, १० कार्तिक

काठमाडौं, १० कार्तिक । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज(बुधबार) विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभाको बुधबार बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेका हुन् ।
गत भदौ २ गते नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्यले आज विश्वासको मत गुमाउने लगभग निश्चित छ । बाग्मतीमा १०९ सांसद रहेका छन् । मुख्यमन्त्रीमा कायमै रहन शाक्यलाई ५५ सांसदको आवश्यकता रहेको तर अहिले नेकपा एमालेसँग ४३ सांसद रहेका छन् । यदी अन्य दलबाट शाक्यलाई साथ नरहे मुख्यमन्त्रीमा रहीरहन मुस्कील पर्नेछ ।

प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई जना तथा जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेश सभाका सदस्य छन ।

असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन् । सरकारको नेतृत्वमा रहेको पार्टी विभाजित भएको खण्डमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया