प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा कुनै छलफल भएको छैन्: प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, ९ कार्तिक

काठमाडौं, ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका अङ्गले आफ्नो गरिमा कायम राख्नुपर्ने बताएको छ ।

मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नुपर्ने बताएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्ने बताए । उनले भने, ‘राज्यका प्रमुख अङ्गले आफ्नो–आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न बल गर्नुपर्छ ।’

यस विषयमा सत्ता गठनबन्धनबीच छलफल गरेर एक दुई दिनमै उचित निस्कर्षमा पुग्ने उनको भनाइ थियो । प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा उनले कुनै छलफल नभएको बताए । उनले सत्ता गठबन्धनका सबै दलबीच छलफल गरेर समस्याको निकास निकाल्ने बताए ।

प्रतिक्रिया