सर्वोच्चमा विवाद : दुई दिनदेखि इजलास अवरुद्ध
अखबार टुडे
प्रकाशित:
२०७८, ९ कार्तिक

काठमाडौं, ९ कात्तिक । प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादका कारण आज पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबारका लागि ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए ।

आज प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर, प्रधानन्यायाधीश जबराले कसैले राजीनामा भाग्दैमा आफूले राजीनामा नदिने जवाफ दिएका थिए ।

त्यसपछि पुनः सर्वोच्चका न्यायाधीशहरु छलफलमा बसेका थिए । उक्त छलफलमा पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो । सर्वोच्चका १५ जना न्यायाधीहरुले बुधबार पनि साढे ११ बजे छलफलमा बस्ने बताएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशले सोमबारदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गर्दा दुई दिनदेखि सर्वोच्च अदालतबाट मुद्दाको सुनुवाइ अवरुद्ध भएको छ ।

प्रतिक्रिया