प्रधानन्यायाधीश राणाले भने, ‘कसैले राजीनामा माग्दैमा दिन्नँ’
अखबार टुडे
प्रकाशित:
२०७८, ९ कार्तिक

काठमाडौं, ९ कार्तिक । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल सकिएको छ ।

मंगलबार बिहान १५ जना न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट गरेको छलफलमा राणाले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन् । राणाले आफू संवैधानिक प्रक्रियाबाट आएकाले संवैधानिक प्रक्रियाबाटै जाने बताएका हुन् ।

राणाले छलफलमा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो ‘सडकबाट कसैले राजीनामा माग्दैमा मैले राजीनामा दिन्नँ, त्यसले नेपालको न्यायपालिकालाई राम्रो गर्दैन,’। ‘फैसला विवादित भएकाले राजीनामा दिनु पर्ने हो भने अरू न्यायाधीशले गरेका फैसला पनि विवादित भएका छन् । सबैले सामूहिक राजीनामा दिऔं,’ राणाले भने ।

संवैधानिक निकायमा भागबण्डा लिने, तीविरूद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषदमा समेत भागबण्डा खोज्ने राणाका कामकारबाहीले समग्र न्यायपालिकालाई विवादित बनाएकाले उनले निकास दिनुपर्ने न्यायाधीशहरूको धारणा थियो ।

चार पूर्वप्रधानन्याधीश, पूर्वन्यायाधीशको र नेपाल बार पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेको छ ।

प्रतिक्रिया