सर्वोच्चमा देखिएको विवादप्रति ओलीको टिप्पणी ‘परमादेशभन्दा अघिकै सेटिङको परिणाम हो’
अखबार टुडे
प्रकाशित:
२०७८, ९ कार्तिक

विराटनगर, ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा भइरहेको विवादमा आफूहरु नफस्ने बताएका छन् ।
मंगलबार प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओेलीले अदालतलाई जनताले विश्वास गर्ने र राज्यको एउटा विश्वसनीय अंगको रुपमा राख्नेपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’ अहिले अदालतमा देखिएको विवादद परमादेशभन्दा अघिकै सेटिङको परिणाम देखिएको दावी गरे ।

‘यस प्रकारका क्रियाकलाप सम्मानित सर्वोच्च अदालत जस्ता ठाउँमा हुनु हुँदैन । अदालत लोकतन्त्रको एउटा स्तम्भ हो’ ओलीको भनाइ छ ।
साथै, सुदूरपश्चिममा वडा सम्मेलन नभएको विषयमा अभिव्यक्ति दिने उपाध्यक्ष भीम रावलसँग जवाफ माग्ने उनले बताए । उपाध्यक्ष रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा एमालेको वडा अधिवेशन नभएको बताएका थिए ।

प्रतिक्रिया