काठमाडौंका आठ नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ९ कार्तिक

काठमाडौं, ९ कार्तिक । १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकाहरुलाई आजदेखि काठमाण्डौका आठ वटा नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाण्डौ महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने छ ।

यस्तै, काठमाण्डौ महानगरपालिकाको हकमा पाँच वटा अस्पताल वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालमा एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइनेछ । यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछ भने पालिकाहरुका खोप केन्द्रमा तीन दिन सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

महानगरपालिकाको हकमा भोलिदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड बोक्नु पर्नेछ ।

प्रतिक्रिया