शिल्पा एक्लै विदामा, राज किन गएनन् घुम्न ?
अखबार टुडे
प्रकाशित:
२०७८, ८ कार्तिक

मुम्बई, ८ कात्तिक । बलिउडमा सदावहार सुन्दरी ट्याग पाएकी अभिनेत्री शिल्पा सेट्टी आफ्ना पति राज कुन्द्राविना भ्रमणमा निस्किएकी छन् । मुम्बईबाट नजिकै अलिवागको भ्रमणमा निस्किएकी शिल्पा आफ्ना दुई सन्तान र आमासँग विदा मनाउन निस्किएकी हुन् ।

भ्रमणका बेला खिचिएका शिल्पा परिवारको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनका फ्यानहरुले प्रश्न गरेका छन् । ‘राज किन गएनन् शिल्पासँग ?’ तस्बिरमा शिल्पाका पति राज कुन्द्रा नदेखिएपछि यस्तो प्रश्न उब्जिएके हो । पारिवारिक घुमघाममा राज नदेखिएपछि टिकाटिप्पणी हुनु स्वभाविक पनि हो ।

शिल्पाका पति राज एक महिना हिरासतमा बसेर भर्खरै जमानतमा छुटेका हुन् । पोर्नोगाफी भिडियो बनाएर डिजिटल प्लेफर्ममार्फत प्रदर्शन गरेको आरोपमा शिल्पा पति राज जेल परेका थिए ।

डान्स रियालिटी सो ‘सुपर डान्सर ४’को निर्णायक समेत रहेकी शिल्पा एक महिनापछि नियमित काममा फर्किएकी थिइन् । उनले गत जुनमा रिलिज भएको ‘हंगामा–२’मा अभिनय गरेकी थिइन् । उक्त फिल्ममा परेस रावल र मिजान जाफरीसँगै उनी देखिएकी थिइन् ।

शिल्पा लामो समयपछि बलिउडमा फर्किएकी थिइन् । उनले गत जुनमा रिलिज भएको ‘हंगामा–२’मा अभिनय गरेकी थिइन् । उक्त चलचित्रमा परेस रावल र मिजान जाफरीसँगै उनी देखिएकी थिइन् । शिल्पासँग विदामा आमा सुनन्दा सेट्टी, छोरा विआन र छोरी समीसा निस्किएका हुन् ।

प्रतिक्रिया