प्रधानन्यायाधीशप्रति असन्तुष्टि : सर्वोच्चका न्यायाधीशद्वारा इजलास बहिस्कार
अखबार टुडे
प्रकाशित:
२०७८, ८ कार्तिक

काठमाडौं, ८ कात्तिक । प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूले थालेको अभियान इजलास बहिस्कारसम्म पुगेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेका छन् ।

सोमबार दशवटा इजलास तोकिएको थियो । तर, न्यायाधीशले बस्किार गरेपछि कुनैपनि इजलासमा मुद्दामाथि सुनुवाई भएन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि नैतिक प्रश्न उठेपछि न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश राणासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।

प्रतिक्रिया