सूडानमा सैन्य कू: अज्ञात सैनिकद्वारा प्रधानमन्त्री र कम्तीमा चार मन्त्री पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, ८ कार्तिक

काठमाडौं, ८ कार्तिक । सूडानमा सैन्य कूको भएको रिर्पोटसहरु सार्वजिनक भएसँगै अन्तरिक सरकारका थुप्रै मन्त्री र सदस्यलाई उनीहरुको घरबाट पक्राउ गरिएको छ ।

प्रधानमन्त्री अब्दुल्ला हमदोक र उनका कम्तीमा चार मन्त्रीलाई सोमबार बिहानै केही अज्ञात सैनिकले पक्राउ गरेर सबैलाईे हिरासतमा लिएको बताइएको छ । यद्यपि, सूडानको सेनाले ‘कू’बारे कुनै टिप्पणी भने दिएको छैन तर लोकतन्त्र समर्थक समूहले मानिसहरुलाई सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न अपिल गरेका छन् ।
यी गिरफ्तारी कसले गरायो भन्ने अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार राजधानी खार्तूममा इन्टरनेट बन्द छ । सोसल मिडियामा सेयर गरिएका सन्देशमा रुष्ट भीडले सडकमा टायर बालिरहेको देखिएका छन् ।

समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै खार्तूममा सेना र अर्धसैनिक बल तैनाथ छन् र मानिसहरुको आवतजावत सिमित गरिएको छ । खार्तूम विमानस्थल पनि बन्द गरिएको छ र सबै अन्तरराष्ट्रिय उडान स्थगित गरिएको छ ।

दुई वर्ष अघि (सन् २०१९)मा वर्र्षौंदेखि सूडानमा राज गरिरहेका राष्ट्रपति उमर अल बसिरलाई सत्ताबाट हटाइएपछि एक अन्तरिम सरकार अस्तित्वमा आएको थियो । त्यसयता सेना र नागरिक सरकारबीच विवादको स्थिति छ । – बीबीसीबाट

प्रतिक्रिया