काठमाडौंबाट ११ जना अफगानी पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, ८ कार्तिक

काठमाडौं, ८ कात्तिक । काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगानी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले सोमबार बिहान उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको प्रहरीले जनाएको छ । पछिल्लो समय तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेको आशंका गरिएको छ । उनीहरु रुपन्देहीको नेपाल-भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ । अफगानीहरु बिना अनुमति नेपाल आएको पुष्टि भए अध्यागमन कानुनअनुसार कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया