कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो, क-कस्ले लाउन पाउँछ ?
अखबार टुडे
प्रकाशित:
२०७८, ८ कार्तिक

काठमाडौं, ८ कार्तिक । अमेरिकाले अनुदानमा नेपाललाई उपलब्ध गराएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ ।
खोप सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले फाइजर खोप अहिले थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने बताए । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई पनि लगाइने सरकारको तयारी छ ।
तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ । यसअघि गत जुलाईमा अमेरिकाबाट १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप ल्याइएको थियो ।

प्रतिक्रिया