एनसीबीको फन्दामा परेपछि अनन्याले गुमाइन् नयाँ फिल्मको अवसर
अखबार टुडे
प्रकाशित:
२०७८, ७ कार्तिक

काठमाडौं, ७ कात्तिक । बलिउड अभिनेत्री तथा मोडल अनन्या पाण्डेले हातमा आइसकेको एउटा फिल्म गुमाउनु परेको छ । बिहीबार भारतीय नार्कोटिक्स कन्ट्रोल ब्यूरोले उनको घरमा छापा मारेपछि त्यो मौका गुमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अभिनेता शाहरुख खानको छोरा आर्यनको नजिकका साथी रहेकी अनन्यालाई एनसीबीले सोधपुछका लागि नियन्त्रणमा एनसीबीले नियन्त्रणमा लिएका हुन् । सोधपुछ क्रममा अनन्याले दुई वर्षअघि आर्यनका लागि गाँजा मिलाउने काम गरेको बताएकी छन् ।

लागुऔषध प्रकरणमा आर्यनसँग अनन्याको सम्बन्ध देखिएपछि उनले आफ्नो हातबाट नयाँ फिल्म खेल्ने मौका गुमाएकी बताइएको छ । बलिउडको एउटा अनलाइन मिडियाका अनुसार अनन्याले दक्षिण भारतका सुपरस्टार अभिनेता विजयसँग नयाँ फिल्म ‘थालपथी ६६’मा अभिनय गर्ने कुरा थियो ।

फिल्ममा उनको महत्वपूर्ण भूमिका रहेको बताइएको थियो, तर अब भने अनन्यालाई सो फिल्मबाट हटाइएको छ । अर्को वर्ष रिलिज हुने भनिएको ‘थालपथी ६६’ वाम्शी पेडीपल्लीको निर्देशन र दिल राजुको निर्मातामा बन्न लागेको हो ।

यता बिहीबार भएको सुोधपुछमा एनसीबीले अनन्या र आर्यनबीच ह्वाट्सएप च्याट पनि हेरेका थिए । च्याटमा उनीहरुबीच लागुऔषधबारे कुराकानी भएको देखिएको बताइएको छ ।

‘आर्यनले उनका लागि लागुऔषध मिलाउन मिल्छ भनी सोधेका छन्, जसको जवाफमा अनन्याले ‘आफू प्रयास गर्ने’ बताएकी थिइन्’ भारतीय मिडियाले जनाएका छन् । एनसीबीसँग भने उनी केवल आर्यनसँग जिस्किरहेको बताएकी छन् । हालसम्म अनन्याले आर्यनका लागि लागुऔषधको व्यवस्था गरेको कुनै प्रमाण भने भेट्टिएको छैन, तर उनीहरु नियमित लागुऔषधबारे कुराकानी गरिरहने देखिएको कोइमोइले जनाएको छ ।

प्रतिक्रिया