सीके राउत नेतृत्व जनमत पार्टीद्वारा चरमवद्ध आन्दोलन घोषणा (यस्ता छन् मागहरु)
अखबार टुडे
प्रकाशित:
२०७८, ७ कार्तिक

काठमाडौं, ७ कात्तिक । सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले सोमबारदेखि कात्तिक १६ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको विज्ञप्तिमार्फत जानकारी गरेको हो ।

विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिएको गर्दै आन्दोलनका घोषणाबारे जानकारी दिएको छ । विज्ञप्तिमा सरकारले जनमत पार्टीका कार्यकर्ताविरुद्ध चरम दमनको नीति लिएको भन्दै त्यसको विरोध गरिएको छ । यस्तै पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग पनि गरिएको छ ।

राउतले पहिलो चरणको आन्दोलनमा सोमबार जिल्ला सदरमुकामहरूमा सिटी जुलुस निकाल्ने, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने तय गरिएको छ ।

यस्तै १६ गते वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरुको गरेर माग जनतासमक्ष जानकारीहरु गराउने तथा सर्वपक्षीय जनआन्दोलनको तय समेत गरिने राउतले बताएका छन् ।

प्रतिक्रिया