१० बुँदे सहमति गरेर एमालेमै बस्नेको हरिबिजोग छ: अध्यक्ष माधव नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, ६ कार्तिक

काठमाडौं, ६ कार्तिकं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् ।
उनले शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा सो कुरा बताएका हुन् । एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको उनले बताए ।
उनले भने, ‘आदेशको पालना गर्यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको भनेर हेप्छन्, सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीको कस्तो हरिविजोग । छैन कुनै मर्यादा । कुनै सम्मान छैन ।’
गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए ।
एमालेका विवादरत नेताहरुबीच असार २७ गते १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ गते पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो । तर १० बुँदे सहमति कार्यान्वयन गर्ने मनसाय नदेखिएको भन्दै शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे कार्यान्वयन कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका थिए ।

प्रतिक्रिया