विराटनगर विमानस्थल तीन दिनपछि सुचारु
अखबार टुडे
प्रकाशित:
२०७८, ६ कार्तिक

विराटनगर, ६ कात्तिक । अविरल वर्षापछि ३ कात्तिकदेखि उडान अवरुद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण विमानस्थलमा बाढी पस्दा तीन दिनदेखि विमानस्थल अवरुद्ध बनेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार शनिबारदेखि विमानस्थलबाट उडान सुरु हो । उनले आज दिनभरमा १८ वटा फ्लाइट रहेको बताए ।

विमानस्थलमा बाढी पसेपछि ४ र ५ गते विमानस्थलका उपकरणहरुको परीक्षण गरिएको थियो । परीक्षणमा उडान योग्य देखिएपछि उडान सुरु भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया