बाढीले अवरुद्ध विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा
अखबार टुडे
प्रकाशित:
२०७८, ६ कार्तिक

काठमाडौं, ६ कार्तिक । विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । देशभर परेको अविरल वर्षाका कारण विमानस्थलमा बाढी पस्दा कात्तिक ३ गतेदेखि उडान अवरुद्ध भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले आजदेखि विमानस्थलबाट उडान सुरु भएको दिनभरमा १८ वटा फ्लाइट रहेको बताए । छन् ।
विमानस्थलका उपकरणहरुको परीक्षण पश्चात उडान योग्य देखिएपछि आजदेखि उडान सुरु भएको प्राधिकरणले जानकारी दिएको छ । रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।

प्रतिक्रिया