टी-२० विश्वकप: आजदेखि सुपर १२का खेल हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ६ कार्तिक

काठमाडौं, ६ कार्तिक । आईसीसी टी-२० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।
पहिलो चरणको खेलबाट चार टिम सुपर १२ मा प्रवेश गरेसँगै दोस्रोे चरणका खेल शुरुभएको हो । सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।
ग्रुप १ अन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । यस खेल नेपाली समय अनुसार पौने चार बजे यूएईको अबुधाबीमा सुरु हुनेछ ।
यस्तै ग्रुप एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।
दोस्रो चरणको समूह १मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पहिलो चरणका समूह ए विजेता श्रीलंका र समूह बी उपविजेता बंगलादेश छन् ।
यस्तै, समूह २मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणका समूह ए उपविजेता नामिबिया र समूह बी विजेता स्कटल्याण्ड छन् ।

प्रतिक्रिया