नेपाली यू-२३ टोली मैत्रीपूर्ण फुटबलमा इन्डोनेसियासँग पराजित
प्रकाशित:
२०७८, ५ कार्तिक

काठमाडौं, ५ कार्तिक । नेपाली यू–२३ टोली इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबलमा दुई–शून्यले पराजित भएको छ ।
एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले शुक्रवार भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू–२३ टोलीसँग हार बेहोरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेले पनि ५५ औँ मिनेटमा र खेलको इन्जुरी समयमा गोल खान पुग्यो । यू–२३ एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा छ ।
नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो सोमवार खेल्दैछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग विहीबार खेल्ने छ भने अन्तिम खेलमा लेबनानसँग आउँदो १४ गते खेल्नेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका
अमेरिकाले सोध्यो- के राष्ट्रसंघीय सहायता निकायको कम्युनिस्टसँग सम्बन्ध छ ?
गाजामा इजरायलद्वारा हवाई आक्रमण, तीन पत्रकारसहित नौ जनाको मृत्यु
ट्रम्प प्रसाशनद्वारा रसियासहित यी ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी
‘पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन’