मुख्यमन्त्री आचार्यद्वारा प्रस्ताव पेश, आइतबार मतदान हुने
अखबार टुडे
प्रकाशित:
२०७८, ५ कार्तिक

काठमाडौं, ५ कार्तिक । प्रदेश नं १ प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गरे ।

नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम(४) बमोजिम सदनमा सो प्रस्ताव पेश भएको हो ।

प्रदेशसभाको अर्को बैठक आइतबार १२ः३० बजे बस्ने र विश्वासको मत विभाजनबाट हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । सो बैठकमा मुख्यमन्त्री आचार्यको प्रस्तावमाथि मतदान हुने बताइएको छ । तर आचार्यले मत नपाउने निश्चित भएकोले गठबन्धनले नेकपा एकीकृत समाजबादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी गरेको

प्रतिक्रिया