इटालीबाट ‘ए’ डिभिजन लिग खेल्न नेपाल आएका विकास मेराग्लिया च्यासल युथबाट खेल्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ५ कार्तिक

काठमाडौं, ५ कार्तिक । इटालीबाट ‘ए’ डिभिजन लगि खेल्न गत मंगलबार नेपाल आएका विकास मेराग्लिया च्यासल युथ क्लबबाट खेल्ने भएका छन् ।
विकाससँग च्यासलले शुक्रबार सम्झौता गरेसँगै उनी सो कल्बमा आबद्ध भएका हुन् । अब उनले च्यासलबाट सिजनको सहिद स्मारक ए डिभिजन लिग खेल्नेछन् । लिग कात्तिक २९ बाट सुरू हुँदैछ ।

उनी १३ वर्षपछि जन्मभूमी नेपाल फर्किएका छन् । इटालियन नागरिकले विकासलाई सन् २००८मा छ वर्षको उमेरमा एडप्ट गरेर इटाली लगेका थिए । उनलाई ललितपुरस्थित गोदावरी वेलफेयर संस्थाबाट इटाली लगिएको थियो ।

विकाशले सन् २०१८ मा इटलीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । स्यालरी स्पोर्ट्समा उल्लेखित गरे अनुसार विकाश एट्लान्टाका खेलाडी हुन्, र उनी १२ हजार डलरभन्दा बढी मुल्यमा एट्लान्टाको युवा टोलीमा अनुबन्धित थिए । १९ वर्षीय विकाशको एट्लान्टासँगको सम्झौता २०२२ जुन ३० मा समाप्त हुनेछ । पछिल्लो समय चर्चाको शिखरमा रहेका विकाशलार्य इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा हेरिएको छ ।

यसअघि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ का दौरान अलमुताइरीले आफूले पनि विदेशमा रहेका नेपाली खेलाडीलाई खेलाउन कुरा गरेको बताएका थिए । त्यतिबेला उनले विकाससँग पनि कुरा गरेको संकेत गरेका थिए ।

प्रतिक्रिया