
काठमाडौं, ४ कात्तिक । पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा चौपटजस्तै भएको छ । चलचित्र क्षेत्र चौपट भएपछि कलाकर्मीको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ ।
थोरै समयमै भनेजति पारिश्रमिक पाइने भएपछि चलचित्रमा समेत चुँजी कलाकारहरु म्युजिक भिडियोमा फटाफट देखिन थालेका छन् ।
यस्तै, कुनै समय चलचित्रसमेत छानेरमात्र अभिनय गर्ने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले लगातार म्युजिक भिडियोमा देखिन थालेकी छन् । उनी पछिल्लो समय ‘प्रभाव’ बोलको गीतको भिडियोमा बोल्ड अवतारमा देखिएकी छन् । उक्त भिडियो हालै सार्वजनिक हो ।
प्रकाशविक्रम थापाको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा संगीत तथा रेकर्डिङ सुरज शर्माको रहेको छ । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीको साथमा विवेक खड्काले अभिनय गरेका छन् । भिडियोमा साम्राज्ञी र विक्रमको अनस्क्रिन रोमान्स देख्न सकिन्छ ।
