महिला अधिकारकर्मीको प्रदर्शन रोक्न कैयौँ पत्रकारमाथि तालिबानको आक्रमण
अखबार टुडे
प्रकाशित:
२०७८, ४ कार्तिक

काबुल, ४ कात्तिक (एएफपी) । काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयौँ पत्रकारहरुमाथि आक्रमण गरेको छ ।

शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरुको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्नु भन्ने नारा लगाएका थिए ।

‘हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ’ भन्ने लेखिएको प्लेकार्ड ती महिलाहरु बोकेका थिए । तालिबान अधिकारीहरुले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्ररुपमा हिँड्न दिएको एएफपी समाचार समिति जानकारी दिएको छ ।

तालिबान लडाकूहरुले विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ ।
प्रदर्शनकारी आयोजकमध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन् कि महिलाहरु जोखिमको बावजुद मार्चपास गर्दै थिए ।

तालिबानहरुले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरु कसैको पनि सम्मान नगरेको उनले बताएकी छन् । केटीहरुको विद्यालय जाने अधिकारसमेत तालिबानहरु खोसेको पनि उनले बताएकी छन् ।

प्रतिक्रिया