प्रधानमन्त्री देउवा सुदूरपश्चिममा (भ्रमणको तालिका यस्तो छ)
अखबार टुडे
प्रकाशित:
२०७८, ४ कार्तिक

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न बिहीबार सुदूरपश्चिमतर्फ गएका छन् । प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टर चढेर काठमाडौंबाट सुर्खेत हुँदै आज दिपायल पुग्ने कार्यक्रम छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्ने कार्यक्रम छ । ढुंगाडबाट डडेलधुरा सदरमुकाम पुगेर उनले खाना खानेछन् । दहस्थित सैनिक ब्यारेकमा खाना खाएर ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गर्ने जाने कार्यक्रम तय भएको छ ।

जोगबुढाबाट उनी कञ्चनपुरको महेन्द्रनगर जाने छन् । महेन्द्रनगरको सैनिक ब्यारेकमा ब्रिफिङ सुनेपछि बह्मदेवको अवलोकन गर्ने छन् । त्यहाँबाट दोधारा–चाँदनी हुँदै उनी कैलालीको धनगढी पुग्ने कार्यक्रम तय भएको छ । उनी धनगढीमै बास बस्नेछन् ।

प्रधानमन्त्री देउवाले बिहीबार दिनभर सुर्खेत, बझाङ, बैतडी, डडेलधुरा, कञ्चनपुर र धनगढीका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा क्षतिको विवरण बुझेर शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर वलायर पनि सहभागी छन् ।

प्रतिक्रिया