सरकार-विप्लवबीच वार्ता ‘सकरात्मक’ : अन्तिम सूची तयार पार्न दुवै पक्ष सहमत
अखबार टुडे
प्रकाशित:
२०७८, २ कार्तिक


काठमाडौं, २ कात्तिक । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच वार्ता सकरात्मक भएको बताइएको छ । मंगलबार विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणको पहलमा गृह मन्त्रालयमा छलफल सकरात्मक भएको हो ।

वार्तामा दुई विषयमा छलफल भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिसमेतका आधारमा ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

यसैगरी तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउने र बन्दीहरूलाई रिहा गर्न सकिन्छ भन्ने सम्बन्धमा त्यसको प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने गरी अर्को बैठक बस्ने निष्कर्ष निस्किएको उनले जानकारी दिए ।
वार्तामा सरकारको तर्फबाट गृहमन्त्री खाँणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र गृह मन्त्रालयका कानुन सहसचिव कमल खत्री सहभागी थिए भने नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

वार्तापछि नेकपाका प्रवक्ता प्रकाण्डले वार्ता सकारात्मक रूपमा अघि बढेको बताए । उनले भने, ‘वार्ता सकारात्मक रूपमा अघि बढेको छ । यसअघि सरकार र पार्टीको वार्ता टोलीबीच भएको सहमतिलाई टुङ्ग्याउन सरकार र विषेशगरी गृहमन्त्रीले पहल कदमी लिइरहनु भएको छ, त्यो सराहनीय छ ।’

आन्तरिक रूपमा दुवै पक्षले सहमति गरेर अर्को बैठकमा टुङ्ग्याउने गरी वार्ता सम्पन्न भएको बताउँदै उनाँले दुवै पक्ष सकारात्मक भएकाले अर्को बैठकमा टुङ्गिने आशा व्यक्त गरेका छन् । गृहमन्त्री खाँणले आइतबार नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खाती र गृहसचिव पाण्डेसँग छलफल गरेका थिए ।

सरकार र विप्लव समूहबीच २०७७ साल फागुन २० गते तीन बुँदे सहमति भएको थियो । विसं २०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालीन गृहमन्त्री रामबहादुर थापा र सदस्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता प्रकाण्ड र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दीपकले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका थि

प्रतिक्रिया