चीनले नेपाललाई थप २० लाख डोज खोप दिने
अखबार टुडे
प्रकाशित:
२०७८, २ कार्तिक

काठमाडौं, २ कात्तिक । चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यिबीच मंगलबार भएको टेलिफोन वार्तामा चीनले सो घोषणा गरेको हो ।

फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यिलाई धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ ।

सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विदेशमन्त्री यिले परराष्ट्रमन्त्री डा खड्कालाई चीन भ्रमणको निम्तोसमेत दिएका छन् ।

प्रतिक्रिया