बैंकहरुले ब्याजदर बढाएपछि एफएनसिसिआईले बैंठक डाक्यो
अखबार टुडे
प्रकाशित:
२०७८, २ कार्तिक

काठमाडौं, २ कात्तिक । बैंक तथा वित्तीय संस्थाले कात्तिकका लागि निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याएपछि व्यवसायी अत्तालिएका छन् । निक्षेपको ब्याजदर बढेर दोहोरो अंकमा उक्लिएपछि कर्जाको ब्याजदर थप बढ्न सक्ने भन्दै व्यवसायीमा त्रास पैदा भएको हो ।

बैकहरुले कत्तिकका लागि ब्याजदर प्रकाशित गरेपछि सोमबार बढेको ब्याजदरको विषयले प्राथमिकता पाएको छ । ब्याजदरको विषयले प्राथमिकता पाएसँगै देशैभरका व्यवसायीले केन्द्रमा रहेका व्यवसायीहरूलाई उक्त विषय गम्भीर रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
मुलुकभरिकै व्यवसायी बढेको ब्याजदरका विषयमा चिन्तित देखिएपछि मंगलबार नै नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो बैंक, फाइनान्स, इन्स्योरेन्स कमिटीको बैठक बोलाएको छ ।

महासंघमा छुट्टाछुट्टै विषय हेर्नको लागि छुट्टा छुट्टै कमिटी छन् । ब्याजदरको विषय बैंक, फाइनान्स, इन्स्योरेन्स कमिटीले हेर्ने भएकाले उक्त कमिटीको बैठक मंगलबार बोलाइएको हो । ‘बढेको ब्याजदरको विषयमा मुलुकभरिकै व्यवसायीले हाम्रो ध्यानाकर्षण गराउनुभएको छ’ महासंघ अध्यक्ष शेखर गोल्छाले बैंकिङ तथा वित्तिय सम्बन्धी पोर्टल मेरो लगानीसँग भनेका छन्, ‘सोही कारण आज बैंक,फाइनान्स,इन्स्योरेन्स कमिटीको बैठक बोलाइएको छ ।’
बैठकमा बढेको ब्याजदर, त्यसले पार्ने प्रभाव र महासंघको भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया