एएफसी एसियन कपः यू-२३ नेपाली फुटबल टोली ताजिकिस्तान प्रस्थान
अखबार टुडे
प्रकाशित:
२०७८, २ कार्तिक

काठमाडौं, २ कात्तिक । एएफसी २३ वर्षमुनीको एसियन कप छनोटका लागि नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
छनोटमा नेपाल कठिन समूहमा छ । समूह ‘बि’मा नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।
त्यसअघि नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु–२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली टिम

गोलकिपर: अर्पण कार्की, विशाल सुनार, अविशेक बराल

डिफेन्डर: सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु

मिडफिल्डर: नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक विष्ट

फरवार्ड: ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ

प्रतिक्रिया