मलेसियामा ४२ वर्षीय एक नेपालीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १ कार्तिक

बैतडी, १ कार्तिक । वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका एक जना नेपालीको गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए ।
जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको थियो । मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया