स्वेदश फर्कियो साफ उपविजेता नेपाली टोली
अखबार टुडे
प्रकाशित:
२०७८, १ कार्तिक

काठमाडौं, १ कार्तिक । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।
वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।
मन्त्री गहतराजले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गर्दैै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भएका थिए ।

प्रतिक्रिया