संक्रमणमुक्त हुने दर ९७ प्रतिशत : नेपालमा अब कोरोना ओरालो लागेकै हो ?
अखबार टुडे
प्रकाशित:
२०७८, ३० आश्विन

काठमाडौं, ३० असोज । नेपालमा कारोना संक्रमणदर क्रमशः ओरालो लाग्दैछ । संक्रमित हुनेभन्दा निको हुनेको संख्याले नेपालमा कोरोना ओरालो लागेको संकेत गरेको छ ।

शनिबार पछिल्लो २४ घण्टामा कुल १४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा ८४५ जना निको भएका छन् भने संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

शनिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार ६५२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ भने ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन् । यो निको हुनेको संख्या करिब ९७ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ जना रहेका छन् । जसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५४ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया