भिडियोमा हेर्नुस् ‘आफैं ठुस्किन्छ ठूली’
अखबार टुडे
प्रकाशित:
२०७८, ३० आश्विन

काठमाडौं, ३० असोज । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘ठूली’ बोलको उक्त गीतमा शिव चाम्लिङको स्वर र भिमराई परदेशीको शब्दरचना रहेको छ ।

डान्सिङ बीटको यस गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । भिडियोमा सरोज राना प्रजा, विना राउतलगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

गायक सुप्तिहाङद्वारा संगीतवद्ध यो पछिल्लो गीत हो । केही वर्षयता अमेरिकामा बसेर पनि गायक सुप्तिहाङले नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका छन् । विशेषगरी सुगम संगीतका लागि चर्चित सुप्तिहाङले ‘ठूली’लाई भने डान्सिङ बीटमा तयार गरेका छन् । जुन गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया