आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई
अखबार टुडे
प्रकाशित:
२०७८, ३० आश्विन

काठमाडौं, ३० असोज । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । कोलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।
१ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६५ रन बनाउन सक्यो । कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । चेन्नईका सार्दुल ठाकुरले ३ तथा रविन्द्र जडेजा र जोश हाजलउडले दुई÷दुई विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । चेन्नईका फाप डुु प्लेसिसले ८६ रनको अर्धशतकीय पारी खेले । कोलकाताका सुनिल नापरनले २ तथा शिवम माभीले एक विकेट लिए ।  यसअघि सन् २०१०, २०११ र २०१८ मा चेन्नईले उपाधि जितेको थियो । 

प्रतिक्रिया