ताइवानको १३ तले भवनमा आगलागी: कम्तीमा ४६ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २८ आश्विन

काठमाडौं, २८ असोज । दक्षिणी ताइवानको काउशुङ्ग सहरमा १३ तले एक भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको ज्यान गएको छ । साथै ४१ जना घाइते भएका छन् ।
फायर ब्रिगेड (दमकल दल) का अनुसार तल्लो तलामा उपयोगमा नआउने सामान थुपारिएको हुँदा उद्धार कार्यमा समस्या आइरहेको थियो । आगो निभाउन चार घण्टाभन्दा धेरै समय लाग्यो ।
७९ जनालाई अस्पताल पु¥याइएको दमकल दलले बीबीसीलाई बताएका छन् । त्यस भवनमा एक सय जनाभन्दा धेरै मानिस बस्दै आएकामा धेरैजसो वृद्ध र अशक्त रहेका बताइएको छ । आगलागीको कारणबारे अझै थाहा भएको छैन । त्यस भवनमा रहनेहरूले एक विस्फोटको आवाज सुनेको बताएका छन् ।

प्रतिक्रिया