नर्वेमा अन्धाधुन्ध तीर आक्रमण हुँदा ५ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २८ आश्विन

काठमाडौं, २८ असोज (एजेन्सी) । नर्वेको राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सवर्गमा एक व्यक्तिले धनुष र तीर प्रयोग गरेर आक्रमण गरेका छन् ।
आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । प्रहरी प्रमुख ओयभिन्ड आशले संदिग्धलाई पक्राउ गरिसकेको र हालसम्म उनले एक्लै यो घटना घटाएको जानकारी दिएका छन् ।
प्रहरीले यो घटना आतंकवादसँग सम्बन्धित रहेको या नरहेकोबारे अध्ययन गर्ने पनि बताएको छ । प्रधानमन्त्री एर्ना सोल्बर्गले घटनालाई ‘भयानक’ भएको संज्ञा दिएकी छन् ।
आक्रमणकारीले शहरको पश्चिमी क्षेत्रमा रहेको कुप एक्सट्रा सुपरमार्केटमा यो आक्रमण गरेको बीबीसीले जनाएको छ । घाइते हुनेमा एक प्रहरी पनि रहेका छन् । यसअघि सन् २०११ मा नर्वेमा भएको आतंकवादी हमलामा ७७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया