नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा साफपछि राजीनामा दिने घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, २७ आश्विन

काठमाडौं, २७ असोज । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि राजीनामा दिने भएका छन् ।
नेपाल र बंगलादेशको खेलपछि आयोजित प्रेस मिटमा उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’
प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए र भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको बताए । आफ्नो धेरै आलोचना भएकोमा नेपाली मिडियाको आलोचना पनि गरे ।
यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीसँग विवाद भएपछि अलमुताइरीले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए । तर पछि यो विषय सेलाएको थियो ।

प्रतिक्रिया