साफ च्याम्पियनसिप: नेपाल पहिलो पटक फाइनलमा
अखबार टुडे
प्रकाशित:
२०७८, २७ आश्विन

काठमाडौं, २७ असोज । मालदिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको छ ।
बुधबार राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । र नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।
नेपालका लागि बंगलादेशविरूद्ध अन्जन विष्टले दोस्रो हाफको ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन् । पहिलो हाफमा बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध नवौं मिनेटमा गोल गरेका थिए । फाइनलमा प्रवेश गर्न नेपाललाई जीत वा बराबरीमा सकाए पुग्ने थियो। यता बंगलादेशले भने खेल जित्नुपर्ने थियो ।

प्रतिक्रिया