भारतीय चर्चित गायक ‘मीका’ले गाए नेपाली गीत (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २७ आश्विन

काठमाडौं, २७ असोज । भारतका चर्चित गायक मीका सिंहले नेपाली गीत गाएका छन् । उनको स्वर रहेको ‘बोतलको विर्को’ बोलको गीत दसैँको अवसर पारेर सार्वजनिक गरिएको छ । गीतमा गायनमा मीकालाई सिम्रन दुग्गल र रीया दुग्गलले साथ दिएका छन् ।
गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा आर्यन सिग्देल, पल शाह र दुर्गेश थापा अभिनय छ । यी तीन कलाकारलाई भिडियो अभिनयम एलिसा शर्मा, श्रेया संग्रौला र कविता नेपालीले साथ दिएका छन् ।

प्रतिक्रिया