मुगु बस दुर्घटना: मृत्यु भएका ३२ जनाको सनाखत (विवरणसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २७ आश्विन

काठमाडौं, २७ असोज । मुगु बस दुर्घटनामा मृत्यु भएका ३२ नै जनाको सनाखत भएको छ । उनीहरूको सनाखत भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । बस सडकबाट २०० देखि २५० मिटर तल खसेको थियो ।
सो बसमा ४६ जना सवार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा पर्दा १३ जना घाइते भएका थिए ।

मृतक सूचीः
१) मुगु छायानाथ रारा नगरपालिका वडा ७ भुईर बस्ने लाल बहादुर सेजुवालको छोरी अन्दाजी १९ वर्षीया लग्न सेजुवाल
२) लग्न सेजुवालको २ वर्षीय छोरा। नाम खुल्न बाकीँ
३) जयकला बमकीअन्दाजी २० वर्षीया मनदेवी बम
४) वडा १० झारकोट बस्ने दिर्घ बुढाकी छोरी अन्दाजी १८ वर्षीया पुजा बुढा
५) वडा ८ झ्यारी बस्ने कुशलाल वितालुको ३३ वर्षीय प्यारी वि.क
६) सिगाडी बस्ने २२ वर्षीय सन्तोष वितालु
७) वडा नम्बर १२ सोभा बस्ने नरविर साउँदका २२ वर्षीय छोरा छाँता साउँद
८) वडा ८ बस्ने चालक ३५ वर्षीय दानबहादुर रावल
९) वडा १० चराप बस्ने मानबहादुर खड्काको छोरी २० वर्षीया सरिता खड्का
१०) वडा १४ बाम बस्ने विर्ष सिंह बुढाका २२ वर्षीय छोरा कर्ण सिंह बुढा
११) सोरू गाउँपालिका वडा नम्बर ३ भि गाउँ बस्ने मान बहादुर कुमालका २५ वर्षीय छोरा मनरूप कुमाल
१२) छाँयानाथ वडा १ बस्ने २३ वर्षीया चन्द्रादेवी मल्ल
१३) वडा ६ बालै बस्ने अंख भामकी १९ वर्षीया छोरी राममाया भाम
१४) वडा १० बस्ने बद्रिराम साउदका १८ वर्षीय छोरा अम्मर साउँद
१५) वडा ११ रोवा बस्ने दानबहादुर बुढाका २२ वर्षीय छोरा प्रकाश बुढा
१६) वडा ५ कार्किबाडा बस्ने २९ वर्षीय अजय कार्की
१७) वडा ५ बस्ने प्रेम बहादुर रावतकी ३२ वर्षीया श्रीमती कमला वि.सी ( रावत )
१८) वडा १० ज्युला बस्ने कृष्ण वि.कका २२ वर्षीय छोरा सुनबहादुर वि.क
१९) वडा १४ सुम्ली बस्ने दानसिंह बुढाका १९ वर्षीय छोरा शिव बुढा
२०) वडा ७ तोप्ला बस्ने श्रीबहादुर शाहीकी २१ वर्षीया छोरी अमृता शाही
२१) वडा ७ बस्ने मृतक अमृता शाहीका ४÷५ वर्षीय छोरा। नाम खुल्न बाँकी
२२) वडा १४ सुम्ली बस्ने रुपकन्य कार्कीका २० वर्षीय छोरा रूपसिंह कार्की
२३) वडा ७ तोप्ला बस्ने २२ वर्षीय महेन्द्र शाही
२४) बाँके राझाँ बस्ने लक्ष्मी स्वर्णकारका २२ वर्षीय प्रदिप स्वर्णकार
२५) छाँयानाथ रारा वडा १का १८ वर्षीय चन्द्रप्रकाश भाम
२६) वडा ७ बस्ने १२ वर्षीय आदित्य विक्रम शाह
२७) वडा ८ बस्ने २८ वर्षीय टोपबहादुर विष्ट
२८) सोरू गाउँपालिका वडा ८ बस्ने २३ वर्षीय आईत सिंह कामी
२९) छायानाथ वडा ८ झ्यारी बस्ने ३३ वर्षीया भगवती चन्द
३०) वडा ७ बस्ने धर्म बुढाका १६ वर्षीय सस्मिता बम

३१) वडा १४ बस्ने तेज बहादुर भण्डारीका १८ वर्षीय छोरा बसन्त भण्डारी
३२) वडा ८ सिकाढी बस्ने बाचे बुढाकोा १८ वर्षीय छोरा नविन बुढा

प्रतिक्रिया