मुगुमा यात्रुवाहक बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, २६ आश्विन

मुगु, २६ असोज । मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । मंगलबार दिउँसा नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिका–७ पिना झ्यारीखोलामा दुर्घटना भएको हो । दुर्घटना परि १८ जना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।

बस दुर्घटना बारेको पूर्ण विवरण आइनसकेको र घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको श्रेष्ठले बताए । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया